


दमौली, १४ पुस । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरिएकाे छ । निर्वाचन आयाेगले साेमबार विज्ञप्ती जारी उम्मेदवारकाे खर्च सीमा ताेकेकाे हाे ।
जसअनुसार तनहुँ क्षेत्र नम्बर १ र २ का उम्मेदवारले अधिकतम रु ३१ लाख खर्च गर्न पाउने भएका छन् ।
उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खाेली साेही खाताबाट खर्च गर्ने र त्यसरी खर्च गर्दा निजकाे तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी ताेकी निजकाे नाम नामेसीसहितकाे विवरण निर्वाचन अधिकृतकाे कार्यालयमा जानकारी गराउनुपर्ने आयाेगले जनाएकाे छ ।
