


दमौली, १८ पुस । तनहुँको व्यास नगरपालिका–८ स्थित सोतीबेशी भित्री सडक खण्डमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
प्रहरी चौकी शिसाघाटका अनुसार सोतीबेशीबाट सोतीपसलतर्फ जाँदै गरेको ग१त ६९०० नम्बरको दाउरा लोड गरिएको ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल पल्टिएको हो।
दुर्घटनामा ट्याक्टरमा सवार लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–१ घर भई हाल सोतीबेशी बस्दै आएका करिब ४० वर्षका ज्ञान बंशी ठकुरी घाइते भएका छन्। घाइते ठकुरीको बाँया खुट्टामा मध्यम चोट लागेको र उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ।