


दमौली, ९ माघ । रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा भोलि शनिबार स्व. सचिन स्मृति खुल्ला मिनी म्याराथन कार्यक्रम आयोजना हुने भएको छ। क्लबको सिग्नेचर प्रोजेक्टका रूपमा हरेक वर्ष निरन्तर रूपमा सञ्चालन हुँदै आएको उक्त म्याराथन यस वर्ष पनि आयोजना गर्न लागिएको हो।
दमौलीको अनसन चौतारीबाट सुरु भई सफासडक, पृथ्वीराजमार्ग, गल्बुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर म्याराथन सकिनेछ । प्रतियोगितामा प्रथम हुने धावकलाई रु १५ हजार ५००, द्वितीयलाई रु १२ हजार ५०० र तृतीयलाई रु ८ हजार ५०० नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष गोविन्द तिमिल्सनाले जानकारी दिए ।
कार्यक्रम संयोजक सुमन राज ओझाले सचिनको स्मृतिमा आयोजना गरिने उक्त म्याराथनलाई सफल बनाउन क्लब लिडर्स, रोटर्याक्ट तथा रोटरी सदस्यहरूको सहयोग र सहभागिताको अपेक्षा गरिएको बताए।
