


दमौली, १३ माघ ।तनहुँको व्यास नगरपालिका–५ ठुलोटारस्थित उदय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि पवित्रा माध्यमिक विद्यालयले जितेको छ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल, बेलचौतारा द्वितीय भएको छ भने निर्मल माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालय संयुक्त रूपमा तृतीय भएका छन्।
प्रतियोगितामा पवित्रा माविका तर्फबाट सौर्यकिरण राना, सन्जय विक र दिप्सन देवकोटाले भाग लिएका थिए ।
विजेतालाई व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।