तनहुँ–१ मा मन्जिल रानाको उम्मेदवारी : युवा पुस्तामा आशा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा मन्जिल रानाको उम्मेदवारी : युवा पुस्तामा आशा

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०८२, मंगलवार

    दमौली, १३ माघ । तनहुँ–१ निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाको उम्मेदवारीले युवा पुस्तामा आशा जगाएको छ । पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको “फर्मुला” आत्मसाथ गरेर उनी चुनावी मैदानमा छन् ।

    उनको उम्मेदवारीप्रति तनहुँ-१ का युवा पुस्ताले समर्थन जनाउने क्रम दिनप्रतिदिन बढ्दो अवस्थामा छ ।

    उज्यालो नेपाल पार्टीले चुनावी रणनीतिमा लोकतान्त्रिक मूल्य, भ्रष्टाचारमुक्त प्रशासन, र दीगो विकासका विषयलाई प्राथमिकता दिएको छ। मन्जिल रानाले चुनावी प्रचारमा स्थानीय किसान, व्यवसायी, युवा र महिला समूहसँग संवाद गर्दै उनीहरूको आवश्यकता र समस्या बुझ्ने योजना बनाएका छन्।