यो दोहोरिएको यात्रा होइन, अधुरो न्यायको निरन्तरता हो : दीपकराज जोशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यो दोहोरिएको यात्रा होइन, अधुरो न्यायको निरन्तरता हो : दीपकराज जोशी

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८२, बुधबार

    दमौली, १४ माघ । तनहुँ–१ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले चुनावी प्रचारका क्रममा आफूले पटक–पटक एउटै प्रश्नको सामना गर्नुपरेको बताएका छन्। “तपाईं त मेयरमा पनि उठ्नुभएको थियो, फेरि किन उठ्नु भयो ?” भन्ने प्रश्न स्वाभाविक भए पनि त्यसबाट आफू नभाग्ने उनको भनाइ छ।

    जोशीका अनुसार मेयर पदको चुनावमा परेको मतको अहिलेसम्म मतगणना भएको छैन। “तपाईंहरूले दिएको मत आज पनि जिल्ला समन्वय कार्यालयको एउटा कोठामा सुरक्षित छ र यो विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ,” उनले भने।

    त्यसैले अहिलेको उम्मेदवारी दोहोरिएको प्रयास नभई अधुरो न्यायको निरन्तरता भएको जोशीको दाबी छ। गत स्थानीय तह निर्वाचनमा एमालेसँग सहकार्य गरी मेयरमा उठेका उनी २५२ मतले पराजित भएका थिए ।

    उनले यो आफ्नो पहिलो र अन्तिम चुनाव हुने स्पष्ट पार्दै नेपालमा धेरैले बोलेको कुरा पूरा नगरेको इतिहास रहेको उल्लेख गरे। “म त्यो भीडमा उभिन चाहन्नँ,” उनले भने, “म फरक धारको मान्छे हुँ। म जे सोच्छु, त्यही बोल्छु र जे बोल्छु, त्यही गर्छु।”

    राजनीतिलाई पेशा नभई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै जोशीले जनतासामु उत्तरदायी भएर उभिएको बताए।