


दमौली, ४ फागुन । दमौली, ४ फागुन । उज्यालो नेपाल पार्टीबाट तनहुँ–१ का उम्मेदवार मन्जिल रानाले युवालाई निडर दृष्टि, अनुशासित कर्म र अडिग लक्ष्यसहित अघि बढ्न आह्वान गरेका छन्।
उनले भनेका छन्, “शिवका युवाजस्तै बनौं : दृष्टिमा निडर, कर्ममा अनुशासित, लक्ष्यमा अडिग।” रानाका अनुसार युवाको वास्तविक शक्ति हल्ला र नारामा होइन, स्पष्ट दृष्टि, निरन्तर मेहनत र सही पक्षमा उभिने साहसमा निहित हुन्छ। उनले परिवर्तनका लागि संयम, चरित्र र निरन्तरता आवश्यक हुने उल्लेख गरेका छन् ।
महाशिवरात्रिको अवसरमा उनले तनहुँका विभिन्न धार्मिक स्थलहरूमा पुगेर भक्तजनहरूसँग भेटघाट गरेका छन्। यस क्रममा उनले पञ्चमन्दिर, बाबा गोरखनाथ मन्दिर, बैरेनी गणेश मन्दिर, दुम्सी शिव मन्दिर, आँधीमूल बाराही मन्दिर, छिम्केश्वरी मन्दिर तथा छाब्दी बाराही मन्दिर लगायतका मन्दिरहरूमा दर्शन गरेका हुन्।
रानाले धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै युवाशक्तिलाई सकारात्मक दिशा दिनुपर्नेमा जोड दिए। उनले देश र समाजको रूपान्तरणमा युवाको सक्रिय, जिम्मेवार र अनुशासित सहभागिता अपरिहार्य रहेको बताएका छन्।