तत्कालिन माओवादीका युवा नेता मनराजसहित दुईदर्जन नेताहरु एमालेमा समाहित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तत्कालिन माओवादीका युवा नेता मनराजसहित दुईदर्जन नेताहरु एमालेमा समाहित

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०८२, बिहीबार

    दुलेगौंडा, ७ फागुन । तत्कालिन नेकपा माओवादी केन्द्रका शुक्लागण्डकी नगर समितिका अध्यक्ष मनराज गुरुङसहितको टोली नेकपा एमालेमा समाहित भएको छ । गुरुङसहित पार्टीका तत्कालिन नगर सचिव सरोज पौडेल, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का अध्यक्ष खिमलाल पोख्रेल, वडा न १२ का अध्यक्ष टुक बहादुर गुरुङसहित दुई दर्जन नेताहरु एमालेमा समाहित भएका हुन् ।

    बिहीबार दुलेगौंडामा एक कार्यक्रमकाबीच नेकपा एमालेका सचिव खगराज अधिकारी र केन्द्रिय सदस्य एवम् तनहुँ–२ का प्रतिनिधी सभा सदस्य उम्मेदवार केदार सिग्देलले पार्टीमा स्वागत गरे । नेकपा माओवादी नेपाली कम्पयुनिष्ट पार्टीमा रुपान्तरण भएपछि नेता गुरुङले पार्टीबाट असन्तुष्ट हुँदै राजिनामा दिएका थिए । त्यसपछि कुलामान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशको संयोजक बने । सोहि पार्टीबाट तनहुँ–२ मा प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका उनले पछि रास्वपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

    पार्टी समाहित कार्यक्रममा बोल्दै नेता गुरुङले नेकपा एमाले र माओवादीबीच भएको एकताको स्मरण गरे । जति बेला लहडमा म राजनिति शुरु गरेका थिए, त्यसबेलै म एमाले भइसकेको रहेछु, सैद्धान्तिक हिसाबले माम्सवाद लेनिनवाद पहिलै स्विकार गरिसकेको रहेछु, त्यो भन्दा एक फड्को अझै क्रान्ति गर्न माओवादीलाई स्विकार गरेको हुँ,’ शुनपा–१२ का पूर्व वडा अध्यक्ष समेत रहेका गुरुङले भने, जति माओवादी छन, सबै एमाले हो तर जति एमाले छन, सबै माओवादी होइनन् ।’

    जेनजी विद्रोहपछि पार्टीको व्यापक सुधार गर्नुपर्नेमा आफुहरुको मत रहपनि त्यसो हुन नसकेको उनले सुनाए । ‘‘सबै भन्दा बढि आसा र अपेक्षा गरेको पार्टीले दशै अगाडी महाधिवेशन गर्ने अपेक्षा थियो, अपेक्षै नगरेको पार्टीले महाधिवेशन गर्यो । तत्कालिन पार्टीमा असहमति दर्ज भएर यहिबाट विद्रोहको विष्फोट शुरु भयो, उनले अगाडी थपे । यसबीचमा आफू केहि दिन अलमलमा परेको उल्लेख गर्दै सुखि नेपाली समृद्ध नेपाल बनाउने शक्ति यार्सागुम्बा प्राप्त भएको बताउर्दै अब एमालेमा खर्चिने प्रतिवद्धता जनाए ।

    एमाले केन्द्रीय सचिव अधिकारीले कम्युनिष्टको मुल प्रवाह नेकपा एमाले भएको बताए । उनले देश बचाउन एमालेलाई मत दिन आग्रह गरे । ‘निर्वाचन नजिकिदै छ, हाम्रो मत, देश बेच्ने लाइसेन्स नहोस, हाम्रो देश जोगियोस,’ नेता अधिकारीले भने, मत परिवर्तन गर्नु भनेको सिंगो देश अरु कसैलाई बुझाउने परिवर्तन हुन सक्छ ।’