महावीर पुनको निर्वाचन खर्चको विवरण सार्वजनिक, २८ लाख भन्दा बढी खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महावीर पुनको निर्वाचन खर्चको विवरण सार्वजनिक, २८ लाख भन्दा बढी खर्च

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०८२, शुक्रबार

    पोखरा, २९ फागुन । नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन् ।

    पेस गरिएको विवरण अनुसार उनले होटलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ खर्च गरेको देखिएको छ ।यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ,डिजेल ३ लाख ६० हजार ४९९, खर्च भएको छ ।