


दमौली, २९ फागुन । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा शुक्रबार विद्यार्थीहरूले बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी इनिशा विकको न्यायका लागि प्रदर्शन गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले पीडितका लागि न्यायको आवाज उठाएका हुन् । विद्यार्थीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
तस्बिर : अविनाश पन्थ