बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०८२, शुक्रबार

    काठमाडाै, २९ फागुन । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने भएको छ।

    बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले झन्डै दुई तिहाइ मत ल्याएको छ।

    ‘हामीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका थियौं। एक प्रकारले भन्दा हाम्रो संसदीय दलको नेता बालेन शाहलाई नै हो। उहाँलाई दलको नेता बनाउन विधानमा केके प्रावधान हेरफेर गर्नुपर्छ, हामी त्यो गर्छौं,’ रास्वपाकी सहप्रवक्त प्रतिभा रावलले सेतोपाटीसँग भनिन्।

    रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता छनोटको प्रावधान छ।