रास्वपा समानुपातिकमा नअटेपछि मल्ल भन्छन् : देशको सेवाका लागि अघि बढिरहनेछु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रास्वपा समानुपातिकमा नअटेपछि मल्ल भन्छन् : देशको सेवाका लागि अघि बढिरहनेछु

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८२, सोमबार

    काठमाडौ, २ चैत । रास्वपा समानुपातिकका उम्मेदवार ज्ञानेन्द्र मल्लले सधैं देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहने बताएका छन् । मल्लले आफू सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहने बताए । उनले व्यक्तिको हार-जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा भएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘क्रिकेटबाट मैले सिकेको कुरा मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन । खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’