


काठमाडौ, १३ चैत । वालेन्द्र शाह नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वायन गर्ने निर्णय गरेको छ।
पदभार ग्रहणलगत्ते बसेको पहिलो बैठकले प्रतिवेदनलाई कार्यान्वायनमा लैजाने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वायन गर्न निर्देशन दिने निर्णय भएको छ।
जसअनुसार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि तत्काल कारबाही हुने भएको छ ।
आयोगले सात जनालाई मुद्दा चलाउन र अन्य १५ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।