लागुऔषध विरुद्ध तनहुँ प्रहरीको स्वीप अप्रेशन : २७ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लागुऔषध विरुद्ध तनहुँ प्रहरीको स्वीप अप्रेशन : २७ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८३, शुक्रबार

    दमौली, ११ वैशाख । जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष स्वीप अप्रेशनका क्रममा २७ जनालाई पक्राउ गरेको छ ।

    बिहीबारदेखि आज बिहानसम्म सञ्चालन गरिएको उक्त अप्रेशनबाट लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्न २७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।

    उहाँका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक जनामाथि कानुन बमोजिम अनुसन्धान अगाडि बढाइएको छ भने एक जनालाई परिवारको समन्वयमा सुधार गृह पठाइएको छ । अन्य व्यक्तिहरूको हकमा स्क्रिनिङ गरी विवरण अभिलेखीकरण गरिएको, आपराधिक पृष्ठभूमि जाँच गरी आवश्यक परामर्श दिइ परिवारको जिम्मा लगाई हाजिरी जमानीमा छाडिएको प्रनाउ विकले बताए ।

    विकले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्तो विशेष अभियान सञ्चालन गरिएको बताए । उनले भने, “लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि प्रहरीले निरन्तर रूपमा निगरानी तथा कारबाही अघि बढाइरहेको छ । समाजलाई सुरक्षित र स्वस्थ बनाउने उद्धेश्यले यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ ।”