सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा, तनहुँमा ७०
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा, तनहुँमा ७०

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८३, बुधबार

    काठमाडौँ, १६ वैशाख । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ ।

    आजै अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

    हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यमसम्मको वर्षा अहिले पनि जारी छ ।