


दमौली, २१ वैशाख । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटनाग्रस्त भएको छ। लु १ च ६७६१ नम्बरको जीप अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनापछि जीपमा रहेको तरकारी सडकभरि छरिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।