वाराही आमाविका विद्यार्थीलाई स्वास्थ्य, सरसफाई र आत्मरक्षा सम्बन्धी सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वाराही आमाविका विद्यार्थीलाई स्वास्थ्य, सरसफाई र आत्मरक्षा सम्बन्धी सचेतना

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८३, सोमबार

    दमौली, २८ वैशाख । व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित स्वास्थ्य, महिनावारी सरसफाइ, सुरक्षा तथा आत्मरक्षासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

    विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने, महिनावारी सम्बन्धी भ्रम तथा संकोच हटाउने, व्यक्तिगत सरसफाइको महत्व बुझाउने तथा आत्मसुरक्षासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

    कार्यक्रममा प्रशिक्षकहरूले किशोर–किशोरी अवस्थामा देखिने शारीरिक तथा मानसिक परिवर्तन, स्वस्थ जीवनशैली, पोषणयुक्त खानपान, महिनावारीको समयमा अपनाउनुपर्ने सरसफाइ, लैंगिक हिंसा न्यूनीकरण तथा आत्मरक्षाका उपायबारे जानकारी दिएका थिए।