सत्यवती माविका चार विद्यार्थीले ल्याए ४ जिपिए, एसईईमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सत्यवती माविका चार विद्यार्थीले ल्याए ४ जिपिए, एसईईमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८३, मंगलवार

    दमौली, २९ वैशाख । सोमबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाअनुसार व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका चार जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्दै ४ जिपिए प्राप्त गरेका छन्। विद्यालयका करिब ९० प्रतिशत विद्यार्थी एसईई परीक्षामा उत्तीर्ण भएका छन्।

    विद्यालयका विधान सिग्देल, डेभिड दरै, सुयोग श्रेष्ठ र शुभम थापाले ४ जिपिए ल्याएका हुन् ।

    त्यसैगरी, स्वीकृत वाग्लेले ३.९६ जिपिए प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।

    तृतीय स्थानमा साक्षी वाग्ले, आदित्य भट्टराई, सुहाना श्रेष्ठ र सदिक्षा सुनारले समान ३.९५ जिपिए प्राप्त गरेका छन्।

    विद्यालयले यस वर्षको एसईई नतिजामा करिब ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ।