


दमौली, २९ वैशाख । शुक्लागण्डकी नगरपालिकाका विभिन्न योजनामा बजेट माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाइएको छ । नगरप्रमुख कृष्णराज पण्डितले मुख्यमन्त्री पाण्डेलाई भेटेर अपुरो योजना सम्पन्न गर्नका लागि आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेका हुन् ।
शुक्लागण्डकी नगरपालिका–१ स्थित लालध्वज मोटरमार्ग, शुक्लागण्डकी नगरपालिका–१२ स्थित लिलाचोक लामागाउँ मोटरमार्ग, शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोलेदेवी मोटरमार्ग, शुक्लागण्डकी नगरपालिका–८ स्थि डहरे किमलडाँडा मोटरमार्ग र शुक्लागण्डकी नगरपालिका–१२ स्थित प्युरीदोभानदेखि स्याङ्जा पुतलीबजार जोड्ने दोभान पुलका लागि बजेट माग गरिएको नगरप्रमुख पण्डितले बताए ।