तनहुँमा ६५.७५ प्रतिशत विद्यार्थी एसइइमा उत्तीर्ण, ८ विद्यार्थीले ल्याए ४ जिपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ६५.७५ प्रतिशत विद्यार्थी एसइइमा उत्तीर्ण, ८ विद्यार्थीले ल्याए ४ जिपिए

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८३, मंगलवार

    दमौली, २९ वैशाख । तनहुँ जिल्लाका ६५.७५ प्रतिशत विद्यार्थी यस वर्षको एसइइ परीक्षामा उत्तीर्ण भएका छन् । सोमबार प्रकाशित भएको नतिजा अनुसार जिल्लाका ६५.७५ प्रतिशत विद्यार्थी परीक्षामा उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ । जसअनुसार ३४.२५ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् ।

    इकाइका अनुसार कूल चार हजार नौ सय ४० विद्यार्थीमध्ये तीन हजार दुई सय ४८ विद्यार्थी उत्तीर्ण भएका छन् भने एक हजार छ सय ९२ विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

    आठ जना विद्यार्थीले ४ जिपिए, ३३१ विद्यार्थीले ३.६–४ जिपिए, ८६७ विद्यार्थीले ३.२–३.६ जिपिए, १२८६ विद्यार्थीले २.८–३.२ जिपिए, ७१२ विद्यार्थीले २.४–२.८ जिपिए, ४४ विद्यार्थीले २.०–२.४ जिपिए प्राप्त गरेका छन् ।