


दमौली, १७ जेठ । रास्वपा शुक्लागण्डकी नगर समितिको अधिवेशनबाट सभापतिमा हरि खड्का विजयी भएका छन् । आइतबार भएको अधिवेशनबाट ८८ मत प्राप्त गरी खड्का विजयी भएका हुन् ।
प्रतिस्पर्धी विजय जोशीले ५० र राजेश पाण्डेले ३९ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा रुपा पौडेल विजयी भएकी छन् । उनले ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी राजकुमार भण्डारीले ७४ मत प्राप्त गरे ।
सचिवमा पवित्रा पोख्रेल ८९ मत सहित विजयी भइन् भने प्रतिस्पर्धी सरोज पौडेलले ७६ मत प्राप्त गरेका छन् ।