मार्किचोक सबस्टेशन सञ्चालनसँगै विद्युत ट्रिपिङ समस्या समाधान हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मार्किचोक सबस्टेशन सञ्चालनसँगै विद्युत ट्रिपिङ समस्या समाधान हुने

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८३, बुधबार

    दमाैली, २० जेठ । आँबुखैरेनी सबस्टेशन अन्तर्गत विद्युत आपूर्ति भइरहेका विभिन्न क्षेत्रहरूमा पछिल्ला दिनहरूमा देखिएको विद्युत अवरोध तथा ट्रिपिङ समस्याबारे नेपाल विद्युत प्राधिकरण आँबुखैरेनी वितरण केन्द्रले जानकारी गराएको छ।

    वितरण केन्द्रका इन्चार्ज शम्भु परियारका अनुसार हाल लमजुङस्थित उदिपुर १३२/३३ केभी सबस्टेशनबाट आँबुखैरेनी सबस्टेशनसम्म ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको छ। एउटै स्रोतबाट विद्युत प्रवाह हुँदा प्राविधिक कारणले ३३ केभी लाइनमा बारम्बार ट्रिपिङ हुने समस्या देखिएको र त्यसको प्रत्यक्ष असर सेवा क्षेत्रका उपभोक्ताहरूमा परेको उनले बताए।

    परियारका अनुसार सबस्टेशनबाट विद्युत आपूर्ति हुने अधिकांश स्थानहरूमा विद्युत आपूर्तिमा समस्या देखिनुको मुख्य कारण यही प्राविधिक अवस्था हो। पछिल्ला केही दिनयता बारम्बार विद्युत जाने र आउने समस्या भएपछि उपभोक्ताहरूले समेत गुनासो गर्दै आएका छन्।

    यद्यपि, उक्त समस्या अब चाँडै समाधान हुने प्राधिकरणले जनाएको छ। इन्चार्ज परियारले भोलि अर्थात् २०८३ साल जेठ २१ गतेदेखि मार्किचोक सबस्टेशनबाट ३३ केभी विद्युत आपूर्ति नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिए। मार्किचोक सबस्टेशनबाट विद्युत प्रवाह सुरु भएपछि हाल देखिएको ३३ केभी ट्रिपिङ समस्या अन्त्य हुने र विद्युत आपूर्ति थप भरपर्दो तथा नियमित बन्ने अपेक्षा गरिएको छ।