


एजेन्सी २३ जेठ । ककरोच जनता पार्टीका संस्थापक अभिजित दिप्के आज बिहान भारत फर्किएपछि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा विशाल विरोध प्रदर्शन सुरु गरेका छन्। उनले परीक्षा तथा भर्ती परीक्षासँग सम्बन्धित कथित कमजोरी र अनियमितताको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।
कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको उक्त प्रदर्शनमा ठूलो संख्यामा युवाहरू सहभागी भएका छन्।
प्रदर्शनकारीलाई सम्बोधन गर्दै दिप्केले भने, “मेरा साथीहरू, यो लामो संघर्ष हो। हामीले सामाजिक सञ्जालमार्फत धर्मेन्द्र प्रधानको राजीनामा माग्न थालेको एक महिना भइसकेको छ। तर यिनीहरू यति निर्लज्ज छन् कि कारबाही गर्नुको सट्टा हाम्रो ध्यान अन्तैतिर मोड्ने प्रयास गरिरहेका छन्। उनीहरू हाम्रो खाता ह्याक गर्न र हाम्रा पोस्टहरू हटाउन केन्द्रित छन्। तपाईंहरूले हाम्रा पोस्टहरू मेटाउन सक्नुहुन्छ, तर हामीलाई यो स्थानबाट मेटाउन सक्नुहुन्न।”