चापाघाटबाट पाँच वटा गोरु सहित सवारी नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चापाघाटबाट पाँच वटा गोरु सहित सवारी नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८३, सोमबार

    दमौली, २५ जेठ । जिल्ला प्रहरी कार्यालय तनहुँले असंवेदनशील रुपमा पशु ओसारपसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–५ चापाघाटमा आइतबार राति ११ः१५ बजे टाटा पिकअपमा पाँच वटा गोरु ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले चालक सहित गाडी नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले जाँच गर्ने क्रममा बिना कागजात पशु ओसारपसार गरेको भेटेपछि नियन्त्रणमा लिएर आज बिहान व्यास नगरपालिकामा कारवाहीका लागि पठाएको थियो । व्यास नगरपालिकाबाट रु दश हजार जरिवाना गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।