गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा तनहुँ प्रशासन १७औँ स्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा तनहुँ प्रशासन १७औँ स्थानमा

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८३, शुक्रबार

    दमौली, १२ असाप । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय तनहुँले देशभरका जिल्ला प्रशासन कार्यालयमध्ये १७औँ स्थान हासिल गरेको छ।

    मूल्यांकनअनुसार तनहुँ प्रशासनले १६.८७५ अंक प्राप्त गरेको छ। दोस्रो त्रैमासिकमा २१औँ स्थानमा रहेको कार्यालय तेस्रो त्रैमासिकमा चार स्थान सुधार गर्दै १७औँ स्थानमा उक्लिएको हो।

    कार्यसम्पादनका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा तनहुँ प्रशासनले आफ्नो सेवा प्रवाह, सुशासन तथा प्रशासनिक कार्यसम्पादनमा सुधार गर्दै स्थान उकास्न सफल भएको देखिएको छ।

    जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै कार्यसम्पादनमा थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ।