रास्वपा केन्द्रीय सदस्यमा पराजित भएपछि सांसद श्रीराम न्यौपानेको घोषणा: अब कुनै निर्वाचन नलड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा केन्द्रीय सदस्यमा पराजित भएपछि सांसद श्रीराम न्यौपानेको घोषणा: अब कुनै निर्वाचन नलड्ने

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८३, शुक्रबार

    दमौली, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा पराजित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले अब कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन्।

    पार्टीको महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका न्यौपानेले अपेक्षित मत प्राप्त गर्न नसकेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अबदेखि कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताएका हुन्।

    उनले आफ्नो निर्णय व्यक्तिगत रहेको उल्लेख गर्दै जनताप्रतिको सेवा र जिम्मेवारीबाट भने पछि नहट्ने स्पष्ट पारे। सांसदका रूपमा आफूले पाएको जनमतको सम्मान गर्दै तनहुँ–२ का नागरिकको विकास, सुशासन र जनहितका मुद्दामा निरन्तर सक्रिय रहने उनको प्रतिबद्धता छ।

    रास्वपाको हालै सम्पन्न महाधिवेशनमा तनहुँबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रीराम न्यौपानेसहित राजु दाहाल, विकास सिग्देल र प्रकाश थापा पनि निर्वाचित हुन सकेनन्।