मोरोक्को क्वाटरफाइनलमा प्रवेश,सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मोरोक्को क्वाटरफाइनलमा प्रवेश,सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो

    खबरपुञ्ज संवाददाता

    २० असार २०८३, आईतवार

    काठमाडौं, २१ असार । सहआयोजक राष्ट्र क्यानडाको विश्वकप यात्रा टुंगिएको छ । मोरोक्कोसँग २-० ले पराजित भएसँगै क्यानडा विश्वकपबाट बाहिरिएको हो ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा अजेडिन ओनहायीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अकरफ हकिमिले दिएको पासलाई अजेडिनले गोलमा परिणत गरेका थिए । उनले खेलको ८२ औँ मिनेटमा अर्को गोल गरे । खेलको अतिरिक्त समयमा सुफियान रहिमिले गोल गर्दै नतिजा ३-० मा पुर्‍याएका हुन् ।

    खेलमा मोरोक्कोका स्टार खेलाडी इसामेल साइबेरी चोटका कारण बाहिरिन पुगेका थिए । क्यानडा र मोरोक्को दुवै टोलीका गरी ६ खेलाडीले पहेँलो कार्ड प्राप्त गरे ।

    मोरोक्कोले क्वाटरफाइनलमा फ्रान्स र पाराग्वेको खेलबाट विजेता हुने टोलीसँग खेल्नेछ ।