मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८३, सोमबार

    काठमाडौँ, २२ असार । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे ।

    मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे । इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाए । इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ । –––