पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८३, मंगलवार

    काठमाडौं, २३ असार । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पारजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए । जुन स्पेनको जितका लागि पर्याप्त भयो ।

    खेलमा बल पोजिसनदेखि सर्ट प्रहारसम्म स्पेन पोचुर्गलभन्दा अघि रह्यो ।

    स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ।

    सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो ।