मोरक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनल प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मोरक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनल प्रवेश

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८३, शुक्रबार

    काठमाडौ, २६ असार । किलियन एमबाप्पे र ओसमन डेम्बलेले ६ मिनेटको अन्तरमा गोल गरेपछि फ्रान्स विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा पुगेको छ । फ्रान्सले शुक्रबार बिहान भएको खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्यो । 

    डिडियर डेस्याम्प्सको टोली लगातार तेस्रो पटक फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ । २०१८ मा रुसमा विश्वकप उपाधि जितेको फ्रान्स २०२२ मा कतारमा भने फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । 

    फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियम बीचको क्वाटरफाइनल विजेतासँग खेल्ने छ ।