


काठमाडौं, २६ असार । सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगलाई कुनै पनि काम अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
बालेन्द्र शाह नेतृत्वको सरकारले २०६३/०६४ यता उच्च सार्वजनिक ओहदामा रहेकाहरुको सम्पत्ति छानविनका लागि आयोग गठन गरेको थियो । उक्त आयोगले काम अघि बढाइसकेको छ ।
आयोग गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलले अन्तरिम आदेश जारी गरेका हुन् ।
यो मुद्दालाई पूर्ण इजलासमा पठाउन पनि आदेश भएको छ ।