बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८३, शनिबार

    काठमाडौ, २७ असार । फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै १६ वर्षपछि स्पेन सेमिफाइनलमा पुगेको हो ।

    सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको स्पेनले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    स्पेनका लागि फेबियन रुइज र मिकेल मेरिनोले गोल गरेका थिए । बेल्जियमका चाल्र्स डे केटलेरले एक गोल फर्काएका थिए ।