


दमौली, १ साउन । जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले सम्बन्धित स्थानीय तहबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी १४५ जना लाभग्राहीको नामावली जिल्ला समितिबाट प्रमाणीकरण गर्ने प्रयोजनका लागि सार्वजनिक गरेको छ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार नामावली प्रकाशनसँगै अब जिल्ला समितिबाट आवश्यक प्रमाणीकरण तथा त्यसपछिका प्रक्रिया क्रमशः अगाडि बढाइनेछ। समितिले सम्बन्धित कानुनी प्रक्रिया पूरा गर्दै वास्तविक लाभग्राहीलाई जग्गा व्यवस्थापनको काम अघि बढाउने जनाएको छ।