विकास खर्च बढाउने र लालपुर्जा वितरण प्रक्रिया अघि बढाउने विषयमा छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विकास खर्च बढाउने र लालपुर्जा वितरण प्रक्रिया अघि बढाउने विषयमा छलफल

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८३, शनिबार

    दमौली, २ साउन । तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसँग भेट गरी जिल्लाको विकास खर्च वृद्धि तथा सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका विषयमा छलफल गरेका छन्।

    भेटमा गत आर्थिक वर्षमा भएको न्यून विकास खर्चको समीक्षा गर्दै चालु आर्थिक वर्षमा पूँजीगत खर्च बढाउने उपायका विषयमा छलफल भएको सांसद न्यौपानेले जानकारी दिएका छन्। यसका साथै साउन ५ गते आयोजना हुने कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरूको प्रस्तुतिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको उनले बताएका छन्।

    भेटका क्रममा तनहुँका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गरी लालपुर्जा वितरण प्रक्रियालाई शीघ्र अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

    यसैबीच सांसद न्यौपानेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसँग पनि संवाद गरी सुकुम्बासी तथा अव्यवस्थित बसोबाससम्बन्धी छुट भएका आवेदन पुनः खुला गर्ने सूचना जारी गर्ने अधिकार प्रत्यायोजन गर्न अनुरोध गरेको बताएका छन्। आवेदन पुनः खुला भए छुटेका वास्तविक लाभग्राहीलाई पनि प्रक्रियामा समेट्न सहज हुने अपेक्षा गरिएको छ।