ऑबुखैरेनीबाट १० जना जुवाडे पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट १० जना जुवाडे पक्राउ

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८३, शनिबार

    दमौली, २ साउन । ऑबुखैरेनी गाउँपालिका-३ तल्लो बजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ परेकालाई दमौली ल्याइएको छ ।