


दमौली, ३ साउन । जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे नेपाल ह्याण्डबल संघको सुनसरीमा सम्पन्न निर्वाचनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
पाण्डेको निर्वाचनसँगै तनहुँको खेलकुद क्षेत्रले राष्ट्रिय स्तरमा थप प्रतिनिधित्व पाएको छ। ह्याण्डबल खेलको विकास, विस्तार तथा खेलाडी उत्पादनमा उनको सक्रिय भूमिका रहने अपेक्षा गरिएको छ।