


दमौली, ३ साउन । तनहुँ जिल्लाको पोखरा–मुग्लिङ सडकखण्ड अन्तर्गत पृथ्वीराजमार्गमा पछिल्लो २४ घण्टामा कुनै पनि सवारी दुर्घटना भएको छैन।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म उक्त राजमार्गमा सवारी दुर्घटनाको कुनै घटना नभएको प्रहरीले जनाएको छ।
यद्यपि, जिल्लाको भित्री सडकखण्डमा भने एक सवारी दुर्घटना भएको छ। उक्त दुर्घटनामा एक जना मध्यम घाइते भएका छन् भने एक मोटरसाइकलमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।