सर्च एण्ड स्विप अपरेसनमा ७ शंकास्पद व्यक्ति नियन्त्रणमा, दुईमाथि अनुसन्धान जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सर्च एण्ड स्विप अपरेसनमा ७ शंकास्पद व्यक्ति नियन्त्रणमा, दुईमाथि अनुसन्धान जारी

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८३, आईतवार

    दमौली, ३ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले शनिबार सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ७ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार लागुऔषध नियन्त्रण, अवैध मदिरा, शान्ति सुरक्षा, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा लिइएकामध्ये २ जनामाथि थप अनुसन्धान भइरहेको छ।