घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्छौ : प्रधानमन्त्री बालेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्छौ : प्रधानमन्त्री बालेन

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८३, बिहीबार

    काठमाडौ, १४ साउन । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरीलगायत विभिन्न जिल्लामा भएको घटनाले सरकार गम्भीर भएको बताएका छन् ।  

    आज राष्ट्रका नाममा सम्बोधन गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले घाइतेको सम्पूर्ण उपचार गर्ने बताएका छन् ।  

    घटनाको निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाउँदै उनले छानविन पारदर्शी बनाउने बताएका छन् । 

    ‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’