सुनसरीमा गृहमन्त्री गुरुङको प्रतिवद्धता– नागरिकलाई निराश बनाउँदैनौं, निष्पक्ष छानबिन हुन्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुनसरीमा गृहमन्त्री गुरुङको प्रतिवद्धता– नागरिकलाई निराश बनाउँदैनौं, निष्पक्ष छानबिन हुन्छ

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८३, शुक्रबार

    सुनसरी, १५ साउन । गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

    सुनसरीमा पुगेका उनले घाइते र मृतक परिवारलाई भेटेपछि नागरिकको सुरक्षा र न्यायका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

    गृहमन्त्रीले वर्तमान सरकारप्रति जनताको ठूलो आशा रहेको र नागरिकका मागहरू जायज भएको बताए ।

    ‘पहिला धेरै पटक माग गर्दा पूरा नभएको र छानबिन पनि निष्पक्ष नभएको गुनासो थियो, तर यसपालि त्यस्तो हुँदैन । हामीलाई भोट दिएर पठाउने नागरिकलाई निराश बनाउने काम हाम्रो तर्फबाट हुने छैन,’ उनले भने ।