ब्रड पिक हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जाको मृत्यु‍
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ब्रड पिक हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जाको मृत्यु‍

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८३, शनिबार

    काठमाडौ, १६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ ।

    शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले ‘गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं’ भनेको छ । साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ।

    एलिट एक्स्पेडले निम्सदाइसँगै दुर्घटनामा ज्यान गुमाउने उनका विश्वासिला आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पाप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ । कम्पनीले मृतकका परिवार, आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।