आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अनिवार्य : अर्थमन्त्री वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अनिवार्य : अर्थमन्त्री वाग्ले

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८३, बुधबार

    काठमाडौं २० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् ।

    बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् ।

    निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड पनि दिए ।

    विगत एक दशकको आर्थिक समीक्षा गर्दै अर्थमन्त्री वाग्लेले नीतिगत निर्णयहरू भएपनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताए ।