


काठमाडौ, २० साउन । लियोनेल मेस्सीले पछिल्ला केही सातायता स्पेनको राजधानी म्याड्रिड क्षेत्रमा फैलिएको डढेलोबाट प्रभावित क्षेत्रहरूको पुनर्निर्माणमा सहयोग पुर्याउन ८० हजार युरो दान गरेका छन्।
म्याड्रिड क्षेत्रीय सरकारकी अध्यक्ष इसाबेल डियाज आयुसोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गर्दै अर्जेन्टिनाका कप्तान मेस्सीप्रति आभार व्यक्त गरेकी छन्।
आयुसोले भनिन्, “लियो मेस्सीले म्याड्रिडको सिएरा ओएस्टे क्षेत्रको पुनर्निर्माणका लागि ८० हजार युरो दान गरेका छन्। उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै, म्याड्रिडवासी उहाँलाई चाँडै यहाँ स्वागत गर्न र उहाँ योग्य ताली बजाएर सम्मान गर्न आतुर छन् भन्ने पनि भन्न चाहन्छु।”