


चितवन, २१ साउन । जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ५:०० बजे जारी गरेको एसएमएस सूचनाअनुसार त्रिशुली, मर्स्याङ्दी, सेती गण्डकी, कालीगण्डकी लगायतका नदीहरूमा जलसतह बढिरहेको छ।
गण्डकी प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेकाले नारायणी नदी आसपासका डुबान हुने क्षेत्रका बासिन्दालाई साँझसम्म उच्च सतर्कता अपनाउन, नदी किनार तथा होचा स्थानमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको छ।