


पोखरा, २१ साउन। मर्दी पदयात्राका क्रममा सम्पर्कविहीन भएका तीनै जना पदयात्रीको आज सकुशल उद्धार गरिएको छ। उनीहरूको आवश्यक स्वास्थ्य परीक्षण तथा अवस्थाको मूल्याङ्कनपछि परिवारको जिम्मा लगाइने जनाइएको छ।
पर्यटन मन्त्री गणेश पौडेलले उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने स्थानीयवासी, सुरक्षाकर्मी, उद्धार टोली तथा सम्बन्धित सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले उद्धारमा खटिएका सबै पक्षको समन्वय र सक्रियताले पदयात्रीहरूलाई सुरक्षित रूपमा उद्धार गर्न सफलता मिलेको बताएका छन्।