


तनहुँ, ९ भदौ । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई सवारीसाधन कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी कार्यालयबाट विभिन्न मितिमा खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न एक ट्याक्टर र एक टिपर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुवै सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकाको कार्यालयमा पठाइएकोमा ट्याक्टरलाई रु. १२ हजार र टिपरलाई रु. २० हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ।
दुवै सवारीसाधनबाट गरी कुल रु. ३२ हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।