श्रीकृष्ण जन्माष्टमीको दिन उद्धार गरिएका सञ्जय भन्छन्– महामन्त्र हरे कृष्ण… जप गर्दै बसेँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रीकृष्ण जन्माष्टमीको दिन उद्धार गरिएका सञ्जय भन्छन्– महामन्त्र हरे कृष्ण… जप गर्दै बसेँ

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८३, शुक्रबार

    काठमाडौं १९ भदाै। रसुवा भोटेकोसी बाढीमा परी सम्पर्कविहीन भएका त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका मेकानिकल फोरम्यान सञ्जय साहको शुक्रबार बिहान जिवितै उद्धार गरिएको छ ।

    उनलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोलीले त्रिशूली ३ ‘ए’को टनेल (सुरुङ)बाट सप्तरीका ३० वर्षीय साहको उद्धार गरेको हो । भदौ १० गते रसुवाको भेटेकोसी नदीमा आएको बाढीमा परी उनी सम्पर्कविहीन भएका थिए ।

    बाढी आएको १०औँ दिन कृष्ण जन्माष्टमीका दिन टनेलबाट बाहिर निस्कन सफल भएका साहले भने, “महामन्त्र जप गर्दै थिएँ भित्र, हरे कृष्ण…”
        
    उद्धारपछि उनले सक्षिप्त प्रतित्रिया दिँदै आफू भदौ १० गते बिहान १० बजेतिर टनेलमा छिरेको बताए । त्यसपछि बाढीका कारण उनी टनेलभित्रै थुनिएका थिए ।

    “म कन्ट्रोल रुममा काम गर्थें । अरु बेला चार/पाँच/६ जना मात्र हुन्थ्यौँ  । तर, त्यतिबेला ४०–४५ जना थियौँ । कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सविलिटी सबैको ज्यान बचाउनु थियो,” उनले भने, “त्यस दिन एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन । सबैलाई बचाउन पर्‍यो ।  सबैलाई बचाउने क्रममा सबैलाई भने एक्सिडेन्ट भयो ठूलो ड्याममा । अनि सबैलाई बाहिर भाग्न लगाएँ । त्यसो गर्दा मेरो टाइम गयो लास्टमा म निस्किन पाइनँ ।” 

    बाढीको समयमा भित्र आफ्नो छेउछउामा तीन/चारजना मात्र रहेको उनले बताए ।

    “पावर हाउसभित्र मान्छे हुनसक्छ । सबै भाग्न नसकेको होला । टनेल लामो छ,” उनले भने, “पानीको फोर्सले भित्र लगेको होला ।” 
     
    साहको उद्धार भएपछि सोही टनेलबाट काठमाडौंको कीर्तिपुर नगरपालिका–५ का ४५ वर्षीय कवीर महर्जनको पनि उद्धार गरिएको थियो ।