बाढीपीडितका लागि आलेद्वारा ४० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपीडितका लागि आलेद्वारा ४० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८३, शुक्रबार

    तनहुँ, १९ भदौ । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले बाढीपीडितका लागि रु ४० हजार सहयोग गरेका छन् । आलेले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

    विपद्का कारण प्रभावित भएका परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरिएको आलेले बताए । उनले विपद्को समयमा पीडितको दुःखमा साथ दिन समाजका सबै पक्षबाट सक्दो सहयोग आवश्यक रहेको उल्लेख गरे ।

    सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका आलेले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने बताए। उनले बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।