


काठमाडाै २० भदाै । तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले त्रिशूली नदी क्षेत्रमा आएको विपद्का कारण नदी वारपार गर्ने पूर्वाधारको अवस्था करिब ४०/५० वर्ष अघिको प्रविधिमा धकेलिएको अनुभूति भएको बताएका छन्।विपद्प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ने क्रममा आफूले कठिन यात्रा गर्नुपरेको उल्लेख गर्दै सांसद न्यौपानेले हिजो छ घण्टाको कठिन यात्रा गरी साँझ ७ बजे त्रिशूली नदीपारि पुगेर बास बसेको जानकारी दिएका छन्।
आज ट्विन पुल पार गर्दै पुनः विदुर पुगेको उल्लेख गर्दै उनले त्रिशूली क्षेत्रमा आएको विपद्ले यातायात तथा आवागमनका पूर्वाधारमा गम्भीर असर पुर्याएको बताएका छन्।“हिजो ६ घण्टाको कठिन यात्रा गर्दै साँझ ७ बजे त्रिशूली नदीपारि आएर वास बसियो। आज ट्विन पुल पार गर्दै फेरि विदुर पुगियो,” सांसद न्यौपानेले भने, “त्रिशूलीको विपद्ले नदी पार गर्ने पूर्वाधारको अवस्था ४०/५० वर्ष अघिको प्रविधिमा धकेलिदिएको अनुभूति भयो।”उनले विपद्पछि प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन अस्थायी तथा दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।