आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको बिदा प्रस्ताव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको बिदा प्रस्ताव

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८३, बुधबार

    काठमाडौ, ३१ भदौ । कानुनमन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको बताएकी छन्।

    विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको मन्त्री गौतमले जानकारी दिइन्।

    बदलिँदो जीवनशैली र कामको चापका कारण परिवारमा एक वा दुई सन्तानको प्रचलन बढिरहेका बेला नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।

    मन्त्री गौतमले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताउँदै अभिभावकत्वमा बुबाको समान सहभागितालाई समेत विधेयकले सम्बोधन गर्न खोजेको बताएकी छन्।